जेठ ९, काठमाडौं । बागमती प्रदेश दोलखा जिल्ला अन्तर्गत भीमेश्वर नगरपालिका वडा नं. २ द्वाल्खा नगर निवासी संस्कृतिप्रेमी तथा जेष्ठ नागरिक यज्ञकुमार प्रधानद्वारा संकलन लिखित ‘द्वाल्खा खँकुठी’ (दोलखा नेवार भाषा शब्दकोष) पुस्तक लोकार्पण भएको छ ।नेपाल भाषा एकेडेमीका चान्सलर एवम् नेवाः देय् दबूका संरक्षक मल्ल के. सुन्दरको अध्यक्षतमा भएको लोकार्पण समारोहमा प्रमुख आतिथ्य अमेरिकाको क्यालफिोर्नियामा जन्मेर हाल अबुधाबीस्थित विश्वविद्यालयमा भाषा शास्त्र अध्यापन गरिरहेकी डा. क्यारोल जिन्नेटले गरेकी थिइन् । कार्यक्रममा उपस्थितजनलाई स्वागत गर्दै नेपाल भाषा एकेडेमीका व्यक्तित्व नरेन्द्रकुमार प्धानले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल भाषा एकेडेमीका मुख्य व्यक्तित्वहरु लगायत अमेरिकी निवासी पावल (क्यारोलका पति महोदय), अबुधावीस्थित विश्व विद्यालयमा अध्ययनरत विभिन्न देश (जापान, चीन, कजाकिस्तान, घाना, कोरिया लगायत)का विद्यार्थीहरूको उपस्थिति रहेको थियो । साथै दोलखाली विशिष्ट व्यक्तित्वहरूको साथमा दोलखाली संघसंस्थाका अध्यक्षहरूको सहभागी रहेको थियो ।
नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दर, प्रमुख अतिथि अमेरिकी नागरिक प्रा.डा.क्यारोल जिन्नेट, शब्दकोष लेखक तथा संकलक यज्ञकुमार प्रधानद्वारा लोकार्पित ‘द्वाल्खा खँकुठी’ नामक यो शब्दकोष १९६ पृष्ठको रहेको छ । जसमा चारवटा भाषा समावेश गरिएको छ ।
यस पु्स्तकको प्रकाशन नेपाल भाषा एकेडेमी रहेको छ भने पुस्तक प्रकाशन तैयारीका लागि कालिञ्चोक युवा क्लवका अध्यक्ष अनिलचन्द्र श्रेष्ठको महत्वपूर्ण देन रहेको छ ।
दोलखाली युवा उज्ज्वल प्रधानद्वारा सञ्चालित कार्यक्रममा प्रोफेसर डा. क्यारोल जिन्नेट, चान्सलर मल्ल के. सुन्दर, अमरकुमार प्रधान र पुस्तक लेखक यज्ञकुमार प्रधानले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
Facebook Comments Box