विजय चालिसे (विजयकुमार चालिसे) को आज २०८२ जेठ १६ गते शुक्रबारका दिन ७४ वर्षको उमेरमा निधन भयो । उनको जन्म वि.सं. २००८ साल असार २२ गते काठमाडौँको जोरपाटीस्थित आरुबारीमा भएको थियो। उनी सुशीला चालिसे र रामेश्वरप्रसाद चालिसे (साहित्यकार रमेश विकल) का सुपुत्र हुन् । नेपालीमा एम.ए., बी. एड. र पत्रकारितामा डिप्लोमा गरेका चालिसे कथा, उपन्यास लेखनमा कलम चलाएका थिए ।

वि.सं. २०३० सालमा ‘आँसुमा रुझेको जीवन’ शीर्षकको कथा प्रकाशित गराएर नेपाली साहित्यमा प्रवेश गरेका उनका प्रकाशित कृतिहरु हुन्: अनि कुइरो फाट्छ (उपन्यास), होटेल राँकिमा हत्या (उपन्यास), प्रयोग (प्रत्यारोपण (कथासङ्ग्रह), त्रिविध (सहलेखन, कथासङ्ग्रह), भग्न आस्थाको खण्डहर (कथासङ्ग्रह), अग्निचक्र (कथासङ्ग्रह), विज्ञानको कैदी (कथासङ्ग्रह), खोसिएको सपना (कथासङ्ग्रह), अप्रिलको बेलायत (यात्रा निबन्ध), मनका तूलिकामा स्मृतिका बिम्बहरू (निबन्ध), ओह् … नेपारु (निबन्ध), डोटेली लोक संस्कृति र साहित्य (संस्कृति), दयालु राजकुमार (बालचित्र कथा), समाचार, सङ्कलन, लेखन र सम्पादन (पत्रकारिता), आमसञ्चारका विविध पक्ष (पत्रकारिता), समाचार सङ्कलन तथा सम्पादन (पत्रकारिता), आमसञ्चार, द्वन्द्व र आतङ्कवाद (पत्रकारिता), Media and Culture (पत्रकारिता), आमसञ्चारका सिद्धान्तहरू, सेवाका प्रतिमूर्तिः दयावीरसिंह कंसाकार (जीवनी), अनौठोभूमिमा एलिस, (अनुवाद उपन्यास), हाम्रो वरिपरिको विज्ञान (बालविज्ञान), बादलका बुट्टाहरू (बाल नाटकसङ्ग्रह), हराएको मूर्ति (बालकथासङ्ग्रह), टाटेपाङ्ग्रे (संयुक्त कथासङ्ग्रह), विश्वप्रसिद्ध बालकथाहरू (खण्ड–१) (अनुवाद), अमूल्य उपहार, (२०५८, संयुक्त कथासङ्ग्रह), विश्वप्रसिद्ध बालकथाहरू खण्ड–२ (अनुवाद), किसानबाट शिक्षा (कथासङ्ग्रह), प्रसिद्ध चिनियाँ बालकथाहरू (संयुक्त अनुवाद सङ्ग्रह), चटकीको बाँदर (२०६० कथासङ्ग्रह), विजय चालिसेका बालकथाहरू, Nima Found Yeti (अङ्ग्रेजी बालकथासङ्ग्रह), मङ्गल ग्रहमा विज्ञान (बाल–विज्ञान उपन्यास), मुस्ताङको गुफा (बालउपन्यास), लालुको यात्रा (बालउपन्यास), क्याप्टेन जेम्सकूक (एउटा साहसी समुद्रयात्रीको जीवनी), लोखर्केको जिद्दी (चित्रकथा), काका काग (चित्र कविता), चङ्खे खरायो (चित्रकथा), नयाँसाथी (बालनाटक), चिँ चिँको र्याफ्टिङ (बालचित्रकथा), पछुतो (बालचित्रकथा), हाम्रो पृथ्वी (बालविज्ञान), हेर्दाहेर्दै पुतली (बालकथा), अरिंगालको गोलो (बालकथा), उड्ने ट्याङ्का र अरु कथाहरू (अनुदित बालकथासङ्ग्रह), सविनाको डायरी (बालकथासङ्ग्रह) आदि प्रकाशित छन् । उनका सम्पादित, अनूदित र फुटकर कृतिमा युवामञ्च (मासिक), गोरखापत्र (दैनिक), साँग्रिला (त्रैमासिक), सम्झना (भैरव स्मृति अंक), वन्धुसङ्गम (कविता सङ्ग्रह १ र २) आदि हुन् ।

उनले साहित्यिकपत्रकारिता पुरस्कार, २०४६, शिक्षा तथा संस्कृति मन्त्रालय, श्री ५ को सरकार, हराएको मूर्ति बालकथासंग्रहका लागि बालपुस्तक लेखनको श्रेष्ठताका निमित्त नेपाल बालसाहित्य पुरस्कार, २०५६, टाटेपाङ्ग्रेका लागि जनकप्रसाद हुमागाईं र रञ्जुश्री पराजुलीसहित वि.सं. २०५७ सालको साझा बालसाहित्य पुरस्कार, पशुपति बहुमुखी क्याम्पस सम्मान तथा पुरस्कार, २०५७ चटकीको बाँदर कथा सङ्ग्रहका लागि नेपाल बालसाहित्य पुरस्कार–२०५९, प्रेस चौतारी नेपाल सम्मान २०६२, प्रेस चौतारी, नेपाल बालसाहित्य प्रतिष्ठान अभिनन्दन– २०६४, साहित्य सञ्जाल, चन्द्रनिगाहपुर रौतहटद्वारा देवकोटा शताब्दी सम्मान २०६५ तथा अभिनन्दन, सुनकोसी साहित्य सम्मान, सुनकोशी साहित्य प्रतिष्ठान, २०६६, विशिष्ट शिक्षासेवी सम्मान–२०६६, राष्ट्रिय विकास तथा सम्मान केन्द्र, २०६६, यती, अन्तरिक्ष र गाउँघरका कथा सङ्ग्रहका लागि साझा बालसाहित्य पुरस्कार २०६७, हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार–२०६८, प्रेसचौतारी, नेपाल, रिम्स स्रष्टा सम्मान–२०६८, रिडर्स इन्टरनेसनल मोडल स्कुल, जोरपाटी, नई ईश्वरबल्लभ साहित्य पुरस्कार–२०७०, वैजयन्ती स्रष्टा सम्मान–२०७०, नेपाल साहित्य समाज, साहित्य संवद्र्धन केन्द्र, शब्दार्थ प्रकाशन, पुष्कर गौतम बालसाहित्य पुरस्कार–२०७०, तन्नेरी मासिक, राष्ट्रिय बालसाहित्य पुरस्कार–२०७२, शिशु सेवा समिति बिराटनगर, जनमत बालसाहित्य पुरस्कार–२०७३, जनमत प्रतिष्ठान, बनेपा, पारिजात बालसाहित्य सम्मान–२०७३, पारिजात स्मृति केन्द्र, काठमाडौँ, बालपत्रकारिता पुरस्कार–२०७३, बाल विकास समाज, नेपाल, सुरभि अभिनन्दन–२०७४, सुरभि साहित्य प्रतिष्ठान, काठमाडौँ, अरुणिमा अभिनन्दन–२०७६, अरुणिमा शैक्षिक प्रतिष्ठान, बौद्ध, नोबेल साकोस सम्मान २०७५, चन्द्रनाथ वरिष्ठ बालसाहित्य लेखक सम्मान–२०७६, कार्तिकेय ट्रस्ट, काठमाडौँ आदि पाएका छन् ।

स्वर्गीय चालिसेको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनमा शब्दाङ्कुर मासिक परिवार हार्दिक समवेदना प्रकट गर्दछौँ ।

धीरकुमार श्रेष्ठ
प्रधान सम्पादक
शब्दाङ्कुर, साहित्यप्रधान मासिक
काठमाडौँ, नेपाल

Facebook Comments Box

Similar Posts