भदौ १४, काठमाडौं । पेन इन्टरन्यासनल, नेपाल च्याप्टरका अध्यक्ष भीष्म उप्रेतीको सभाध्यक्षतामा अरबिन्दो आश्रम, भारतका कवि एवम् दार्शनिक प्रो. सहदेव कुमारको सम्मानमा आयोजित आध्यात्मिक एवम् कविता वाचन कार्यक्रममा प्रोफेसरले अरिबिन्दको बाल्यकाल, अङ्ग्रेजसँगको सम्बन्ध, शैक्षिक उपलब्धि, क्रान्तिकारितादेखि योगी हुँदासम्मको जीवनयात्रालाई प्रस्तुत गर्नुका साथै कविता वाचन गर्नुभयो । प्राध्यापक कृष्णचन्द्र शर्माले अरबिन्दोबाट लिखित महाकाव्यको चर्चा गर्नुभयो ।
सोही अवसरमा रमी प्रिया, निलिमा मास्के, ज्ञानबहादुर भुजेल, रुपा रिसाल, उजाला कपाली, धीरकुमार श्रेष्ठ, रजनी ढकाल, द्रोण पराजुली, राजुबाबु श्रेष्ठ, कुमार न्यौपाने, काशीराज आचार्य, लक्ष्मी, माली, स्नेह सायमी, शिरोमणि दवाडी, डा. गम्भीरमानसिंह कार्की, सफलता पराजुली (नौ वर्षिया) नोरा श्रेष्ठ, रुपसिंह भण्डारी, एलबी क्षेत्री, हिरण्यकुमारी पाठकले कविता वाचन गर्नुभयो ।
मित्रबन्धु पौडेलले संचालन गर्नुभएको कार्यक्रममा लिटिल एन्जेल्स कलेजका प्राचार्य मुकुन्दराज शर्माले धन्यवाद ज्ञापन गर्नुभयो । विधान आचार्यको संयोजकत्वमा सम्पन्न कार्यक्रममा रामदयाल राकेश, प्रकाश शर्मा, उदयचन्द्र चपाईं, नितेशकुमार शाह, शकुन्तला महर्जन, कपिल भण्डारी, खुसी पराजुली, नानीबाबा अधिकारी, अभिषेक भट्टराई साथै फ्रान्सेली साधिका मिचेल बेगमको समेत उपस्थिति रहेको थियो ।
Facebook Comments Box


