विनोद खनाल

कसै कसैको भएँ म भन्दै प्रचार गर्दा अचम्म लाग्यो
भुलेर माया तिखो वचनले प्रहार गर्दा अचम्म लाग्यो ।

तिमी त भन्थ्यौ मदेखि भिन्न पराइ आफ्नो बनाउने छैन
बनेर प्यारी तिमी कसैको सिँगार गर्दा अचम्म लाग्यो ।

म गर्छु पूरा ती चाह तिम्रा अझै छ बाँकी कुनै कुनामा
कसै कसैले बिनातयारी हतार गर्दा अचम्म लाग्यो ।

हुने छ चाहत सबै तनी पूरा नगर्नू चिन्ता कतै तिमीले
अरु कसैको बनेर रानी सवार गर्दा अचम्म लाग्यो ।

म बन्छु राजा सदैव तिम्रो नजाऊ छोडी बनाई एक्लो
शृङ्गार पोते लगाई अहिले तयार गर्दा अचम्म लाग्यो ।

Facebook Comments Box

Similar Posts