मीनबहादुर राना
(प्लम्स्टिड, यु.के.)
वनैभरि फुल्न थाल्यो लालीगुराँस फूल
कहाँ पुगेर फर्कंदै छन् मालचराका हुल ।
चैत मासको खडेरीमा लेकै ढक्कमक्क
कहिले हिउँद कहिले वर्षा जीवनको चक्र
गुराँस फुल्ने बेला पारी लेकैलेक डुल
जहाँ भेट्छौ आनन्द र सन्तुष्टिको मूल ।
घर सम्झी फर्कंदै छन् मालचराको लर्काे
जहाँ पुगे‘नि सम्झना त आफ्नै गाउँघरको
सकेसम्म कायम राख्नू सम्बन्धको पुल
जन्मथलो माया मार्ने गर्न हुन्न भुल ।