दिलकुमारी डङ्गोल

हेरिबसेँ
तलाउको किनारामा बसेर
निस्फिक्री पानीमा पौडिरहेका …
यताउता रमाइरहेका …
राता, सेता, पहेँला हरिया र काला माछाहरु

एकातिर
ठुला माछाले साना माछा सुलुसुलु निलिरहेका
कुनै माछा त
फुत्किन सफल हुँदो रहेछ
ठुलो माछाले मुख आँ गर्न लाग्दा
अर्कोतिर
बडेमाको ठुलो माछा वरिपरि ससाना माछाहरु
तलमाथि गरिरहेका
मस्त खेलिरहेका

तर अचम्म,
किन निल्न सकेनन् यतातिरको रङ्गीन माछालाई ?

Facebook Comments Box

Similar Posts