माघ ३, काठमाडौं । स्वतन्त्र साहित्य पुञ्ज, नेपालको आयोजनामा कविता वाचन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष भावना न्यौपाने भवानीको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथिका रूपमा मुकुन्द शर्मा चालिसे र विशिष्ट अतिथिका रूपमा डा. ढुण्डिराज पहाडी रहनुभएको थियो।कार्यक्रममा ढुण्डिराज पोखरेल, सुजना अर्याल, जमुना घिमिरे, मुना सिग्देल, सुमिता पौडेल, कल्पना काफ्ले, धरणीधर गुरागाईं, हरिप्रसाद घिमिरे, रत्न विरही घिमिरे, सावित्री न्यौपाने, चिरञ्जीवी सिग्देल, उषा बस्ताकोटी, हेमप्रसाद मिश्र, सिकारु राम, शारदाप्रसाद पहाडी, दिल पौडेल, गीता सापकोटा, गोविन्दराज शिवाकोटी, एस.आर. दुवाडी, दीपेशकुमार जैसवाल, योगेन्द्रराज पहाडी, धीरकुमार श्रेष्ठ तथा गङ्गा आचार्य सापकोटाले आ–आफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो। वाचित कविताहरूले समसामयिक सामाजिक यथार्थ, मानवीय संवेदना र साहित्यिक चेतनालाई सशक्त रूपमा प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।

वाचन गरिएका कवितामाथि साहित्यकार डा. रमेश शुभेच्छुले समालोचनात्मक टिप्पणी गर्दै कविहरूका सिर्जनात्मक विशेषता र भावगत पक्षमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रममा भवानी अमात्य, कल्पना अधिकारी भट्टराई, सरोज पहाडी, अमृता चौलागाईं र मायादेवी शर्मालगायत साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सो अवसरमा विशिष्ट अतिथि डा. ढुण्डिराज पहाडी र पत्रकार शान्ताराम बिडारीले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले नेपाली साहित्यको विकास र सर्जकबीचको आत्मीयता बढाउने धारणा राख्नुभयो। छन्दिका त्रिपाठीको सञ्चालनमा सम्पन्न कार्यक्रम दिव्यलक्ष्मी पोखरेलको निजी निवासमा सम्पन्न भएको थियो।

Facebook Comments Box

Similar Posts