- जयबहादुर घिमिरे
पर्ख तिमीलाई-२
साह्रै नै दुःख दियौ
तिमीले जनतालाई ।।
न त सक्यौ स्वाधीनता जोगाउन,
न त सक्यौ अधिकार भोगाउन
पर्ख तिमीलाई …
चुनाव आउँदा जनतालाई आश्वासन,
जितेपछि निरङ्कुश छ शासन,
पर्ख तिमीलाई … ।
सुझाव दिँदा पटक्कै टेर्दैनौ
कहिले कहाँ के भयो हेर्दैनौ,
पर्ख तिमीलाई …
जनमुखी कार्यक्रम बनाऊ
नेतामुखी सुविधा नबढाऊ
पर्ख तिमीलाई …
जनतालाई के साह्रो हेप्यौ नि !
आफै म¥या सपना देख्यौ नि !
पर्ख तिमीलाई …
भत्ता देऊ गरिबी आधारमा
प्रिय बन जनताको नजरमा
पर्ख तिमीलाई …
पर्ख तिमीलाई
साह्रै नै दुःख दियौ तिमीले जनतालाई ।
पर्ख तिमीलाई …


