माघ २४, काठमाडौं । पर्यटन विशेष बृहत कविता वाचन कार्यक्रम सम्पन्न भयो । दक्षिणकाली नगरपालिका-३ फर्पिङ, जलविद्युत गृह पानीपोखरीको प्रांगणमा सम्पन्न उक्त कार्यक्रम सुसेली साहित्य प्रतिष्ठान, शब्दाङकुर साहित्य प्रधान मासिक, वर्तमान कविता समुह र शब्दपथ साहित्यिक पत्रिकाले संयुक्त रुपमा आयोजना गरेको हो ।
कार्यक्रममा साहित्यकार गोविन्दबहादुर खड्काले ‘पर्यटन हाम्रो पाहुना’, शीर्षकको कविता वाचन गर्नुभएको थियो भने चन्द्रबहादुर तामाङले ‘पर्यटन विकास समृद्धिको आधार’, शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो । कवि विनोद खत्री आकाशले ‘प्रकृति’, दिपक लोहोनीले ‘सानो संसार’ र धन्वन्तरी विश्वले ‘यायावरको विश्राम’ शीर्षक कविता वाचन गर्नुभएको थियो ।
त्यसैगरी साहित्यकार नवीनराज पाण्डेले ‘बाटो, नक्सा र पर्यटन’, नारायण तिवारीले ‘खुट्टा नकमाउनु होस’, प्रमोद प्रधानले ‘यात्रारत’, बालकृष्ण श्रेष्ठले ‘पर्यटन’, मुरारी सिग्देलले ‘पर्या-पर्यटन’, रजनी खत्रीले ‘पर्यटन हाम्रो आधार’, रमेश बलामीले ‘मेगा पिक्सलमा कैद इतिहास’ र राजेन्द्र शलभले ‘यात्रामा’ शीर्षकका कविता प्रस्तुत गर्नुभएको थियो ।
पर्यटन प्रवर्धन गर्ने उदेश्यले आयोजित कार्यक्रममा साहित्यकार रामगोपाल आशुतोषले ‘नेपाल’, अच्युत घिमिरेले ‘चराहरुको देश’, रामराजा राउतले ‘डिब्बा छुटेको रेल’, विधान आचार्यले ‘देश एक मायाको फ्युजन’, विश्वनाथ वाग्लेले ‘पर्यटन’, विश्व विमोहन श्रेष्ठले ‘तीनजुरे’, विष्णुविभू घिमिरेले ‘निकुन्ज’, शेखर अर्यालले ‘शान आफ्नै’, सन्जय सुमनले ‘परिचय’, सविता केसीले ‘फर्पिङ घुमौं’, सरिता बलामीले ‘पर्यटकिय स्थल’, सुवाशचन्द्र पौडेलले ‘अतिथि देव भव’, सुशान्त केसीले ‘पर्यटन’, स्नेही शिवले ‘वैतर्णी तिमी’, रामराजा केसीले ‘मेरो जन्म’, भोगेन्द्र लिङ्देनले ‘फूलहरु र तिमी’, धीरकुमार श्रेष्ठले ‘हाम्रो गाउँको पोखरीमा’, रमि प्रियाले ‘एक पटक जिउनुहोस’ र शेखरकुमार श्रेष्ठले ‘पर्यटन गन्तव्य’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा कृष्ण कँडेल, विश्व सिग्देल र कृष्णकुमार श्रेष्ठले समेत आफ्ना कविता वाचन गर्नुभएको थियो ।
साहित्यकार किशोर पहाडीले कार्यक्रमको उदेश्य र महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । “ऐतिहासिक स्थल फर्पिंङमा यस्तो कार्यक्रम गर्ने चाहनाले मुर्त रुप पाएकोमा आफूलाई गौरव र खुशी लागेको छ”, उहाँले भन्नुभयो । उहाँले कार्यक्रममा उपस्थित श्रष्ठा, सर्जक र सुवेच्छुकहरु प्रति आभार समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा कविता वाचन गर्ने स्रष्टा तथा सर्जकहरुलाई साहित्यकार पहाडी, भोगेन्द्र लिङ्देन, रमि प्रिया र रामराजा केसीद्वारा संयुक्त रुपमा मायाको चिनो प्रदान गरिएको थियो ।
साहित्य अनुरागीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमलाई साहित्यकार डा. शेखरकुमार श्रेष्ठले संचालन गर्नुभएको थियो । कार्यक्रममा वाचित कविताहरुलाई शब्दाङकुर साहित्य प्रधान मासिकले नेपाली र अंग्रेजी दुबै भाषामा प्रकाशित गर्ने छ।


