सीतादेवी छेत्री
(काङ्ग्लातोङ्बी, मणिपुर, भारत)

प्रभुको कल्पनाले रचेको
एउटै खोला, दुई धारा
ढाकिएका माथि एउटै छाताले
धारा दुइटै भए पनि
नामकरण एउटै भएको
भित्ताले छुटाए सिमाना
वारि र पारिको ।
वारिलाई चोट लागे
पारीलाई विचलित पार्ने
मुटुमा आघात चोट पुर्याउने
पारि बाड आए
दुइटैको हृदय पिरोल्ने
उत्तर र दक्षिण रहे पनि
हृदय एउटै धड्किने
प्राणीलाई प्राण बक्सिने
दुई धारा बगी ।
जीवनदान गराउने
उत्तरदक्षिणको प्यारो नाक
बिबलाटो परेको
तिरस्कार र तुच्छ
बोलीले नाकै झर्ने
गल्ती गरे नाकै काटिने
यस्तो कति राख्नुपर्ने सम्मान
जोहो गर्नै पर्ने नाकको सबैलाई ।

Facebook Comments Box

Similar Posts