जानु कम्बाङ
(ताप्लेजुङ, हाल: हङकङ)
सागरको सङ्लो पानीझैँ छु म
यौवनको पहाड उक्लँदै छु म
नराखिदेऊ फूल म हिँड्ने बाटोमा
सक्दिनँ नाघ्न मायाको तगारो ।
झरनाझैँ एक्लै, झर्न चाहन्छु म
यौवनको खोली, तर्न चाहन्छु म
नराखिदेऊ फूल म हिँड्ने बाटोमा
सक्दिनँ नाघ्न मायाको तगारो ।
गुलाबझैँ बास्ना छर्न चाहन्छु म
लाली रङ ओठमा भर्न चाहन्छु म
नराखिदेऊ फूल म हिँड्ने बाटोमा
सक्दिनँ नाघ्न मायाको तगारो ।