डा. छायादत्त न्यौपाने

सपना देख्ने आँखा
हृदय छाम्ने उत्साह
शिर ठाडो गतिवान् खुट्टा ।

खुसी खोज्दै छ मान्छे
छलछामको सहारा
देशले अघाएन मान्छे ।

सिकाइ हो जीवन
उद्देश्य छ बत्ती बाल्ने
खेल्नु छ सँगै आँगनमा ।

दृष्टिदोष कि दृश्य ?
आवरण हेर्ने आँखा
अँध्यारो पछ्याउने मान्छे ।

गाह्रो छ मन चिन्न
काँडाबिच फुल्छ फूल
पुग्दैन सुन्दर तनले ।

सुन्दर छ जीवन
जीवन्त श्रम संस्कृति
त्याग्न सिकौँ स्वार्थी विकृति ।

चलुन् न हातखुट्टा
कर्मले हो देश बन्ने
भर्हुन्न खन्चुवा मुखको ।

सँगै बाँच्ने रहर
मिठो इमानी खेती
विजयी हुन्छ कर्मयोग ।

Facebook Comments Box

Similar Posts