१. सुरूङभित्र पस
सुरूङभित्र पस
नडराऊ
पस्नुभन्दा पहिले
अँध्यारो देखिए पनि
त्यहीँभित्र
हराइन्छ कि जस्तो लागे पनि
अर्कोतिर
पुगिँदैन कि जस्तो लागे पनि
सुरूङभित्र
पस
पसेपछि
अघि बढेपछि
थाहा पाउँछौ
सुरूङको पस्ने जस्तै
निस्कने मुख पनि हुन्छ
सुरूङको पल्लो छेउमा
सुरूङनिरै बसेर
सुरूङतिरै हेरेर
उज्यालोले पर्खिरहेको हुन्छ ।
२. मित्रता
मेरो देश छाडेर
तिमी नजाऊ
मेरो साथी मलाई भन्छ
मैले जानुपर्छ
म भन्छु
ऊ दुःखी हुन्छ
म गइनँ भने
तिम्रो मायाको बारेमा
मेरा देशवासीलाई
कसले भन्छ ? – म भन्छु
ऊ रून्छ
म पनि रून्छु ।