महेश प्रसाईं

कोमल औँलाहरुद्वारा सम्प्रेषित
ग्रासुलाको कलिलो मुन्टामा,
एक जोर जुरेलीले
गुँड लगाउने योजना
डिजिटल चेतका महामहिमहरुलाई
विश्वसनीय हुन थालेको
तरल सूचनामा
अहिले साइबर चुप छ,
डेस्कटप नखुलेर के हुन्छ,
सफ्टवयरभित्र च्याट हुने प्रेमपत्र
भनुँ भने
हाइस्पिड हार्ड डिस्क
अनकनाउँदो भाइरसले
ग्रसित बस्ला नबस्ला,
क्वाइन हालेर
ई–मेलहरु
वारपार क्युमा छन्,
अब त्यहाँ हत्केलाको ठेला
बेसरमले अनुमान गर्न सकिन्छ,
एसहस्र्ट !
तिमी कहाँ छौ
भेगन अझै
चिर प्रतीक्षामा छे ।

Facebook Comments Box

Similar Posts