नेत्रबहादुर श्रेष्ठ
सृष्टिको सुन्दर सृजना
प्रकृति र मानव ।
चारैतिर सुन्दर हरियाली
माथि निलो आकाश
तल हरिया फाँटहरु
ती फाँटहरुमा रमाउने
सुन्दर धर्तीका मानवहरु ।
प्रकृति नभइदिए
के गर्थे ती मानवहरुले ?
के खान्थे अन्नहरु ?
के फेर्थे सासहरु ?
अतः हामी मानवले
नबिर्सौँ प्रकृतिको गुणलाई
बचाऊँ हामी मानवले
मातारुपी प्रकृतिलाई
पितारुपी प्रकृतिलाई ।
प्रकृतिले नै मानवहरुलाई
दिएका छन्, मान र शान
दिएका छन्, जीवनदान ।
मानवहरुले अब
घमन्ड कहिल्यै नगरे हुन्छ
जेजति पाएका छन्
उपलब्धि र खुसीहरु
ती सबै प्रकृतिकै
देन हुन् आज ।
प्रकृति नभइदिए
के मानवले आज ?
देख्नेथे प्रकृतिका
लीला र चमत्कारहरु !
मानव पनि नभई दिए
के प्रकृतिको हुन्थ्यो ?
गुणगान र उपयोगिता !
तसर्थ आज
प्रकृति र मानव
दुवै हुन् एकअर्काका
युगौँयुगका दौँतरी
युगौँयुगका जीवनसाथी ।


