शेरबहादुर भुजेल
(चरिकोट, दोलखा)

गुलाबी ओठ थिए मुस्कानमा मायाजाल तिम्रो
सुन्छु सहरमा हल्लैहल्ला के हो ताल तिम्रो ।

गल्ती तिम्रो थियो या मेरो, थाहा होला कुनै दिन
सुन्दा लाग्यो जे थियो त्यो झुक्याउने चाल तिम्रो ।

कल्पनाको मनमन्दिरमा नसजाउनू धेरैलाई
न वारि न पारि मझधारमा होला बेहाल तिम्रो ।

जिउन गाह्रो छ जीवन, नगरे ख्यालख्याल
सम्झी नरोए अब बन्ला आँसुकै आहाल तिम्रो ।

Facebook Comments Box

Similar Posts