विमल खतिवडा ‘माइला’
(सिलगढी, भारत)
पेटभरि खानलाई दुई छाक जुटेको हुनुपर्छ ।
इज्जत धान्नलाई आङ छोप्न पुगेको हुनुपर्छ ।
मरेर के लान्छौ जाँदा ए धर्तीको धनी पाहुना ?
बाँचुन्जेल छेउमा हुनेको दुःख बुझेको हुनुपर्छ ।
शिक्षाले कसैलाई नबनाओस् घमन्डको पोको
शिक्षितको शिर विनम्रताले झुकेको हुनुपर्छ ।
हो, धनको सञ्चय गर्नुपर्छ भविष्यका लागि,
तर सही ठाँउमा खर्च गर्न मुट्ठी खुलेको हुनुपर्छ ।
केवल कलेज र किताब पढेर मात्र होइन्न ज्ञानी,
कहिलेकाहीँ अनुभवीको कुरा पनि सुनेको हुनुपर्छ ।