रमेश प्रभात
(चितवन)
सकिएन फूलैफूलको हार चढाउन,
मन्दिरमा फूलको सट्टा झार चढाउन ।
डराएरै काटेको हुँ वर्षौंवर्ष मैले,
जान्दिनँ म खुकुरीमा धार चढाउन ।
हिजोआज जति बेला थाके जस्तो लाग्छ,
गाह्रो हुन्छ शिरमाथि भार चढाउन ।
साइकलमै बित्यो मेरो सिङ्गो जिन्दगानी,
कहाँ सक्छु तिमीलाई कार चढाउन ?
जति दुस्मन बने पनि आफ्ना छोराछोरी,
सक्दिनँ भो घरभित्र बार चढाउन ।