- महेश बराल
त्यो दिन कहाँ, न त्यो रात कहाँ
मुखले मात्र ठिक्क, त्यो साथ कहाँ ।
मार्नलाई मारिन्छ बात, तृष्णा मेटाउन
तर यो मर्मबाट आउने, त्यो बात कहाँ ।
कौमार्य सुगन्धले हर कोही लर्खराउँथे
यो कृत्रिम सौन्दर्यमा, त्यो मात कहाँ ।
रुप र पैसासँग माया साटिन्छ अचेल
अश्रु मिश्रित, ती चिट्ठीका खात कहाँ ।
Facebook Comments Box


