भगवानचन्द्र ज्ञवाली

बाबु तिमी !
आफूलाई स्वार्थी नसम्झ,
तिमी एक बटबीज हौ
मात्र
यो दन्दनाइरहेको
युग सङ्व्रmमणको
छारस्ट आगामा तिमीले
पिल्सिनबाट आफैलाई जोगाउनुपर्छ ।
भोलि त
तिमीले बोधीवृक्ष बनेर
गौतमलाई मात्र होइन
देशका सबै सबैलाई
ज्ञानवर्षा गर्नुपर्छ ।
आफू र आफ्ना अतीतको
चिर सम्झनामा
अभञ्ज्य
एक स्मृतिस्तम्भ उठाउनुपर्छ ।।
अनुशीलनयोग्य
तिम्रा पुर्खाको इतिहास ।।
तिमीले
एक कदम अझै अगाडि बढेर
युगको सारथि बनेर
युगलाई
गन्तव्यसँग नारिदिनुपर्छ ।।
अहिले पुतलीसँग नखेल
आगासँग खेल्न सिक्नुपर्छ ।।
अन्यथा
तिमीभित्रको अविनाशी बिउ
मलजलविना
त्यसै सुकेर नजाओस् ।।

Facebook Comments Box

Similar Posts