केदार श्रेष्ठ ‘गगन’
(तीनपाटन २, भीमस्थान, सिन्धुली)

जीवन भन्नु दुःखसुख, आउँछ अघिपछि
सहज हुन्छ जिउनलाई, यति बुझेपछि ।

धनैधनले पुरिँदा नि, हुन्छन् कोही दुःखी
अभावमा बाँच्दा पनि, हुन्छन् कोही खुसी
धनीगरिब मर्नैपर्छ, आखिर जन्मेपछि
सहज हुन्छ जिउनलाई, यति बुझेपछि ।

सबै भन्छन् नआत्तिनू, दुःख आउँछ जान्छ
प्यास मेट्न पक्कै पाउँछ, जसले खोली धाउँछ
खुसी लिई सुख आउँछ, कर्म गरेपछि
सहज हुन्छ जिउनलाई, यति बुझेपछि ।

Facebook Comments Box

Similar Posts