सागर फुयाल

एक अनन्त यात्रा सकेर भयो लौ बिहानी
पुगियो काहाँ थाहै नभई भयो लौ बिहानी ।

चिरविर गरी सुन्दर चरी भन्छे भयो बिहानी
रिमझिम रिमझिम मोहनी छ मौसम बिहानी
सौम्य, शीतल, शान्त, अनि आशाको विहानी
रमाउँदै दिन बिताउन बोलाउँछ सुन्दर विहानी ।

धरा यो पहिले उज्यालो पार्ने बहार बिहानी
निस्फिक्रि कदम बढाउ भन्ने आधार विहानी
छटा माधुर्य गुन्जिने झंकार आधार विहानी
सपना हजार मायाहरूको आधार विहानी ।

Facebook Comments Box

Similar Posts