सरिता तुलाधर
(विराटनगर ९, मोरङ)
त्यो मैदान जहाँ तिम्रो र मेरो खेल हुन्छ
त्यो माया जहाँ तिम्रो र मेरो मेल हुन्छ ।
महासागरजस्तै हाम्रो गहिरो मायामा
हामीबिच कोही घुल्न आए ऊ फेल हुन्छ ।
स्वप्निल मायामा गल्ती कहिले नहोस् पनि
यदि अन्जानमा गल्ती भए त्यो झेल हुन्छ ।
माया बढाउन यस्तो ठाउँ रोज्नुपर्छ कि प्रिय
जहाँ तिमी र म मात्र बस्ने एउटा जेल हुन्छ ।
संसारको आँखा नपुग्ने ठाउँमा बस्यौँ भने
त्यहाँ माया नै मायाको अनुपम भेल हुन्छ ।