हरि आत्रेय
१. साहित्यकार
स्रष्टा हो साहित्यकार
ऊ साधना गर्छ
सृजना गर्छ
आआफ्नै विधामा
अक्षरको माला उन्छ
शब्दको पङ्क्तिमा शब्दजाल बुन्छ
पेटभरि गुनगुनाउँछ
हो, ऊ अब्बल लेख्छ
निष्कर्षमा,
पुरस्कृत कृतिमा पनि दोष देख्छ ।
२. चित्रकार
चित्र सुन्दर पार्न
पारखी चित्रकार
चित्र चुच्चो पर्छ, बुच्चो पार्छ
रङ भर्छ
ओल्टाईपल्टाई हेर्छ
दङ्ग पर्छ
दर्शक, टिप्पणी गर्छ
यता, यस्तो थपेको भए
उता, रङमा ढङ्ग पु¥याएको भए
चित्र आफै बोल्थ्यो
चित्रको व्याख्या आफै खोल्थ्यो ।
३. प्रतिपक्ष
योजनाविद्
मानवीय संवेदना देख्छ
लक्ष्य जोख्छ
उद्देश्य लेख्छ
कार्यान्वयनमा सबैको भलो देख्छ
आवश्यता उही हो, ढिकुटी उही हो
प्रतिपक्षको धर्म
सुन्दर योजना भरिएको किताब च्यात्छ ।