भोगेन्द्र लिङ्देन

रातमा मात्र फुल्छौ तिमी भने
दिन किन चाहियो र जीवनमा
तिम्रो मोहक सौन्दर्यमा रम्न
सँधैभरि रात भईरहोस
अनि
बिहानीको पहिलो किरणसँगै
ओइलाएर झर्छौ तिमी भने
बिहानी किन चाहियो र जीवनमा
तिम्रो मादक सुगन्धमा रम्न
सँधैभरि रात भईरहोस ।

Facebook Comments Box

Similar Posts