तेजविलास
(इच्छाकामना ३ चितवन)

तिमीलाई शान्ति मिल्छ मलाई गाली बर्साएर
फाइदा त लियौ पक्कै अनाहकमा तर्साएर ।

स्वार्थको यो सम्बन्धमा लुट सकेजति लुट
सकेसम्म गर भोज मेरो आँसु मिसाएर ।

आफ्नो भाग पाउनलाई गर्छ मान्छे अनेक कर्म
पाउने पनि रोएकै छ आँखाको डिल भिजाएर ।

जल्लादहरु हाँस्ने गर्छन् अट्टहास गरी गरी
कुकर्ममा डुब्नु हुन्न कोमल मनलाई फसाएर ।

Facebook Comments Box

Similar Posts