मदन सापकोटा
(रयाले, पनौती १, काभ्रे)

१. केही काम नगरी तलब आउँछ
सेवा सुविधा भत्ता सब आउँछ
दुई भित्ता परसम्म किन हेर्नुपर्यो ?
किस्तामा वा एकमुष्ट घरमै जब आउँछ ।।

२.एक थोक हैन धेरै थोक गिन्नुपर्ने बनायो
जनैदेखि गुन्द्रुकसम्म किन्नुपर्ने बनायो
सिकाउने बनाउने चेष्टा कहिल्यै नगरेपछि,
बाउले चिनेनन् छोराले चिन्नुपर्ने बनायो ।।

३. अभावमा आवश्यकताको सार दिएको
मायालु बिम्बस्वरुप उपहार दिएको
दुरुपयोगको दृश्य देखेपछि थाहा भयो,
काम बनिसकेपछि भाँडो दुत्कार दिएको ।।

४. सहीगलत छुट्याउने ज्ञान नहुनेले
हृदय के हो भन्ने भान नहुनेले
भन्ने र गर्ने अलग गर्दा रहेछन्,
वचनमा पक्का इमान नहुनेले ।।

Facebook Comments Box

Similar Posts