वासु पन्थी ‘देवस्मृति’
(तुलसीपुर १७, दाङ)

ए बेलुनहरु,उचाइमा छौ
आकाश चुम्न खोज्दैछौ
उत्साहमा छौविजयोत्सवमा छौ।
जाऊ जाऊ, अझै माथि
मनाउ उत्सवविजयको ।

हावा भरिएका छौ तिमीहरु
कोही दम्भकोकोही घमण्डको
कोही पाखण्डको, कोही बैँसको त कोही पैसाको
हो, तिमीहरुहावा भरिएका छौ
यस्तै यस्तैअनेक प्रकारका हावाहरु।

कोही आकस्मिक उडान भर्दैछौ
त कोही नियोजित उडान
उडान जस्तोसुकै होस्
वाष्पयुक्त छ तिम्रो उडान
माटो बिर्संदैछौ,धरातल बिर्संदैछौ र जननी बिर्संदैछौ
जन्म अनि मृत्यु बिर्संदैछौ।

कोही मदयुक्त उडान कोही अहङ्कारयुक्त ।
जसमा मौलिक उर्जा छैनपत्थरिलो अडान छैन
गर्विलो आँट छैन
जसमा छ त मात्रउध्र्वचापयुक्त उर्जा
पछुताउने छौ तिमी
जब प्याट्ट फुट्नेछौ
भुईंमा बजारिनेछौ
बल्ल बुझ्नेछौ
या, बुझ्न पनि बाँकी रहनेछैनौ
अस्तित्व शून्य ।

Facebook Comments Box

Similar Posts