धनकुटे कान्छा
(दमक, झापा)

कुहिरोसँग लुक्नु पनि ख्याल ख्याल रहेनछ
पहिरोसँग झुक्नु पनि ख्याल-ख्याल रहेनछ।

डाँडाकाँडा छातीभरि सुखदुःख गीत बग्छन्
गहिरोसँग दुख्नु पनि ख्याल-ख्याल रहेनछ ।

कल्ले थुन्छ कल्ले छेक्छ सृजनाका भाकाहरू
पिपिरोसँग चुक्नु पनि ख्याल ख्याल रहेनछ ।

उकाली र ओरालीमा जिन्दगीका छाया भेट्दा
तिरोसँग फुक्नु पनि ख्याल-ख्याल रहेनछ ।

गाउँघरमा अझै मान्छे नेपाली भै बाँचेकै छन्
कट्मिरोसँग सुक्नु पनि ख्याल ख्याल रहेनछ ।

प्रकाशित २०६४ असार अंक(शब्दाङ्कुर साहित्यप्रधान मासिक)

Facebook Comments Box

Similar Posts