खगेश्वर सापकोटा
(सिरानचोक ३, हर्पी, गोरखा)

लाग्छ कहिले औँसीमा जून अँधेरीमा घाम ?
कहिले बन्ला हाम्रो देश समृद्धिको नाम ?
हुनुपर्छ पूर्णिमाको जून वसन्तको घाम
भ्रष्टाचार रोक्यौँ भने बन्छ नेपाल समृद्धिको नाम ।

कालो तन कालो विचार थुपारेका छन् धन
छानबिन नगरेमा भ्रष्ट हुनुपर्छ मन
उज्यालोमा हेर्ने आँखा अँध्यारोमा जान्छ
भ्रष्टाचारी मै हुँ भन्छन् देशको विकास कहाँ हुन्छ ?

कार्यालय सहयोगीको सम्पत्तिको छानविन हुन्छ
नेताहरुको सम्पत्तिमा कमण्डलु हुन्छ
ठुलाबडा गर्दै छन् कालो धनको खेती
साना कर्मचारी ट्वाँ पर्दै खाने गर्छन् खप्की ।

Facebook Comments Box

Similar Posts