• विपेन आदिमा

(छन्द: उपजाति)
सहेर पीडा मुख बन्द गर्दै
बस्छौ भने दुर्जन पाउ पर्दै
हुन्छौ र के मुक्त न मिल्छ चैन ?
दास् बन्नुबाहेक विकल्प छैन ।

को भन्न सक्छौ सबथोक मै हो ?
होला र ज्ञान् सब् चिजमा कसैको ?
पेवा कसैको नि हुँदैन – सृष्टि
छ भोग गर्ने अधिकार् सबैको ।

चिरिन्छ छाती जन दुःखेर रून्छ
सत्ता न देख्छ – जनता न सुन्छ
यो देश मेरो पनि हो भने त
मेरो नि केही अधिकार हुन्छ ।

यी दुष्टलाई यसमा छ चैन
यै छोडनुबाहेक विकल्प छैन
चुसाइको दर्शन भाग्यवाद
ढुङ्गा पुजी मोक्ष कवै हुँदैन ।

विद्रोह बेगर त हुँदैन क्रान्ति
छोडेर लौ क्रान्ति न हुन्छ शान्ति
पुरा गरी क्रान्ति समाज फेर्न
आगो बनी आऊ विद्रोह गर्न ।

जागेर आऊ अब लड्नुपर्छ
मुट्ठी उठाऊँ सब लड्नुपर्छ
लड्नै छ अस्तित्व रक्षार्थ खातिर्
नियाँ समाऊ तब लड्नुपर्छ ।

Facebook Comments Box

Similar Posts