विनोद नेपाल
(पोखराथोक, माडी, पाल्पा)
निर्वाचन सम्पन्न भयो ।
विजय जुलुस निस्क्यो ।
मिठा मिठा नारा लगाइए ।
अनुहारहरु पुरानै तर सरकार नयाँ गठन भयो ।
समर्थक, आफन्त र निकटस्थमा खुसी छायो । बधाई र शुभकामनाको ओइरो लाग्यो ।
नयाँ जोस र उत्साहका साथ जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाइयो ।
विगतको प्रवृत्ति नदोहोरिने आश्वासन दिइयो ।
सुशासन र समृद्धिका चर्का कुरा गरियो ।
सरकार र मन्त्रीबाट सय दिनमा गरिसक्ने कामको फेहरिस्त सार्वजनिक भयो ।
निर्देशन जारी भयो ।
केही दिनमै,
– चुनावी घोषणापत्र खाली सिसी पुरानो कागजवालाको जिम्मा लगाइयो ।
– जिम्मेवार पदमा भागबन्डे नियुक्ति भयो ।
– राजदूत फेरियो ।
– कमाइ हुने गौँडाहरु आफ्नाले भरियो ।
यी सबै दृश्य नियालिरहेको सहिदको सालिकले भन्यो, ‘कठै ! लोकतन्त्र ?’
Facebook Comments Box

Similar Posts