मथुरा सायमि
मोबाइल तिर्र बज्नासाथ रचनाले हातमा लिएर हेरिन् । निर्मलको फोन । जमानाका मित्र ।
*
रचना – भन्नुस् निर्मलजी ! तपाईंको फोन–कल । पत्यार नै लागेन मलाई ।
निर्मल – हो र ! वर्षौंवर्ष भयो, नदेखेको पनि । आज सम्झना आइरह्यो । त्यसैले … ।
रचना – आज के ?
निर्मल – होली । हामी पहिला एकचोटि खेलेको सम्झना भइरह्यो । आज पनि एकपल्ट खेल्न
मन लाग्यो । हुन्छ त ?
*
निकै बेर रचनाको आवाज नै आएन ।
*
रचना – होइन, निर्मलजी ! नाइँ ! नखेलेको पाँच वर्षै भयो ।
निर्मल – पाँच वर्ष नै किन ?
रचना – उहाँ नरहनुभएको पाँच वर्षै भयो ।
निर्मल – ओ, आइ सी ! सम्झेँ । त्यसो भए त आज होली खेल्नैपर्छ । यस् ! टीका एउटा भए पनि लाउनैपर्छ । म आउँछु ल ! एउटा टीका । के भन्छ्यौ ?
*
मोबाइलमा रचनाको आवाज गुन्जिएन ।
निर्मल – हेलो, रचना ! खै, तिमीले बोल्दै बोलिनौ !
रचना – (केही बेरपछि) हुन्छ, आउनुस् ! तपाईंहरु दुवै जना आउनुस् !
*
निर्मलको मुख चलेन ।
(नेपाल भाषाबाट अनुवाद: रासा)