छबिरमण सिलवाल
मुहारमा हिलो पोतेर
हिलो-हिलो
पानी-पानीसँग
सम्झौता गर्न
शालीन दस्तावेजहरू
गरिबी लुकाएर
हाँस्छन्
पीडा लुकाएर
बाँच्छन्
उनीहरूका नाममा
गरिनेराजनीतिले
कोल्टो फेरेको पत्तो छैन
एउटा युग यसरी
बितिरहेछ ।
महलमा त्यही चामल पाक्छ
हातमा ठेला उठाइएकाहरू
युगौ-युगसम्म पिल्सिन्छन्,
भोकै-नागै
जीवन गुजारिरहेछन् ।
कालचक्रभन्दा माथि कोही छैन्
कलियुगीन मान्छेहरू
रङ फेर्दै रौनक देखाउँछन्
र,
एक दिन,
आफैँले आरूनो
मुहारमा कालो पोत्छन्
मुहारमा हिलो पोत्नेहरूको
हिलो पखालिन्छ,
र,
सत्यता फैलाउँछन् ।
र,
मुहारमा कालो पोत्नेहरू,
इतिहासमा नै कालो पोतेर
बिलाउँछन् ।
(शब्दाङकुर साहित्यप्रधान मासिक २०६३ पुस अंकमा प्रकाशित)