मिनबहादुर राना
(गुल्मी, फोक्सिङ, हाल: प्लम्स्टिड युके)
जातिबित्ति चोखो पनि हुनुस् भो मित्र
विदितै छन् तिम्रा बुद्धि कला र चरित्र ।
यत्रो विद्या, ज्ञान, सिप दर्शनका भारी
कहिले पो काम आउँला यही छ विचित्र ।
पराइलाई ढाँटी हिँड्न धेरै सजिलो छ
आफैलाई ढाँट्न सक्ने मन हो अपवित्र ।
लुकाउनु देखाउनु छैन मेरो केही
सानातिना झुटमुट चल्छ भित्र भित्र ।
उल्टै मलाई ज्ञानी भइस् भन्नुहोला फेरि
हजुरले नै छोड्नुहुन्छ धेरै ठुला छिद्र ।