विश्व सिग्देल
(काभ्रे)
र
अक्सिजन पातलिँदै गयो
यस्तो भयो
मानुँ
जीवन अब जीवन नरहने भयो
एक एक सिँढीमा चढाएर
जीवनभर आर्जित होस्, जोस र कामना
बढ्दै गएँ, चढ्दै गएँ शिखर
सिरानमा पुगेँ
जहाँ सजिएका थिए मेरा निराकार रुप
भएर साकार – ढुङ्गाहरु
हो,
यो पृथ्वीको अन्तिम बिन्दु नै हो
पवित्र भूमि
यहाँ बास गर्छ तरोताजा
हिमालको आत्मा
त्यतिखेरै
बजाउँदै घन्टीहरु, हल्लाउँदै चमर
सुदूर मेरा आँखा भएर
हाँक्दै खच्चड
भेडीखर्क चढिरहेथ्यो हिमालको आत्मा
उसको आफ्नै ईश्वरको घर !!!!!