सुरज पराजुली
बतासहरु बजाउदै हिँड्थे, थुतेर हाम्रै पात
जङ्गलको सङ्गीत
चराहरु अँगालो हालेर सुनाउँथे, त्यही भाकामा गीत
एकदिन अचानक रोकियो बतास
र, हराए चराहरु जङ्गलबाट
हामीले छाम्यौँ आफूलाई,
अजिब किसिमको औजार बोकेर, एउटा जनावर
कोर्दै थियो विकासको नवीन गीत
यसरी कोरिरहँदा हाम्रो हातमा, मृत्युको रेखा
थाहा पाउनु भएन ?
नजानिँदो पाराले, ती छापिँदै छन् तपाईंकै हातमा ।


