इन्द्रकुमार श्रेष्ठ ‘सरित’
(तरहरा, सुनसरी, हाल: काठमाडौँ)

पहिलो हैन, दोस्रो हैन, तेस्रो मात्र पनि हैन
रातका सबै प्रहरले ऐँठन गर्छन्
उकुसमुकुसको मात्र एक पलले
जिन्दगी रित्याउन खोज्छ
मन कहालिन्छ तर आवाज घाँटीमै दबिन्छ
प्रतिकारमा म हातखुट्टा चलाउँछु
ऐँठन बनेर आउने एक हुल मुर्कुटालाई नियाल्छु
अनुहारमाथि अनुहार पोतेका मुर्कुटाहरु
कहीँकतै देखेझैँ लाग्छ, चिनेझैँ लाग्छ
सोध्छु मलाई ऐँठन गर्नुको कारण
मुर्कुटाका हुलहरु अट्टहास लगाउन थाल्छन्
म हतप्रभ उनीहरुलाई नियाल्छु
अहो ! मलाई लडाएर आपूm मात्र जँघार तर्नेहरु
कहाँ मेरा साथीहरु रहेछन् र !
ती त समयमै मैले चिन्न नसकेका
मुर्कुटाहरुका हुल नै पो रहेछन्
ऐँठन, सपनी र भ्रमबाट म एकैपटक मुक्त हुन्छु ।

Facebook Comments Box

Similar Posts