गोपालकुमार मैनाली
(काठमाडौँ)
१. रुप रङ बैँस हेरी किन लेख्छौ गजल
डसेपछि पिरतीले किन लेख्छौ गजल
जीवन भन्नु त्यति हैन धेरै नै छ बाँकी
तड्पिएर याचनामा किन लेख्छौ गजल ।
२. तिम्रा आँसु उसका लागि शीतको थोपा हुन्छ
तिम्रो पीडा उसका लागि पानीको फोका हुन्छ
दृढताले बाँच्नुपर्छ नयाँ जीवनखातिर
ख्यालख्यालैैको मायाप्रीति आखिर धोका हुन्छ ।
३. सुम्पिएर आस्था सारा उसलाई देउता ठान्यौ
पुज्ने गर्यौ विश्वासले उसलाई देउता मान्यौ
धोका हुन्छ आखिरमा स्वार्थ मिल्ने भेटे अन्तै
जालमा परी घाइते हुँदा झुटो देउता जान्यौ ।
४. मनका कुरा सबै खोले, उसले फाइदा उठाउला
लिफाभित्र मुटु खामी, सुटुक्क प्रेमपत्र पठाउला
बतासिँदै चङ्गासरि त्यो मन उडी कतै गयो भने
प्रेम नामको कडा रोगले जीवनभरि सताउला ।
Facebook Comments Box