रामेश्वर जलन
(बुङ्मति २२, ललितपुर)

युद्ध, प्रकृति विनाशले वातावरणमा क्षय हुन्छ
आस्था, विश्वास मान्छेमा नभएपछि शङ्का र भय हुन्छ ।

सृष्टिको चक्र चल्दै आइरहेको छ युगौँदेखि
हर प्राणी, हरेक वस्तुमा आ–आफ्नै वय हुन्छ ।

प्रकृति, धरती, वनस्पति, प्राणी मान्छेको हितैषी
दोहन र शोषण अति भएपछि दुःखमय हुन्छ ।

बग्न देऊ कलकल खोला, चल्न देऊ शीतल हावा
गतिशील संसारमा आफ्नै पृथक् लय हुन्छ ।

सद्भाव राखी, प्रकृतिमैत्री बनौँ ओ ! मानव
उदार हृदय, निःस्वार्थ समर्पणले सबैको जय हुन्छ ।

Facebook Comments Box

Similar Posts