बिधुत गुरूङ
(गोरूबथान, भारत)
काम गरेको दाम माग्दा नोट जाली दिन्छे
म हिँड्ने गोरेटाहरुमा नै काँडा फालिदिन्छे ।
मुटुभरि पीडा बोकी हिँड्ने मान्छे त परेँ म
माथिल्लो घरका बाबैले पनि छोरी काली दिन्छे ।
सत्य बोल्दा सबैले तितो नै सुन्छ आजभोलि
मन परेन तिम्री छोरी भन्दा उल्टो गाली दिन्छे ।
खै म नै यस्तो हो कि साथीभाइ नै उस्तो
मनमा बिजेको कुरा सुनाउँदा ताली दिन्छे ।
मान्छे हुँ म पनि अलि अलि गल्ती त हुन्छ
नसा पिएर बेसी बोले जेलमा हालिदिन्छे ।