- भीष्म उप्रेती
हावालाई बहनै हतार छ
पानीलाई बग्नै हतार छ
युवाहरुलाई सपना टिप्न
र अर्को सपना देख्न हतार छ
प्रिवर्तनलाई बदलिन हतार छ
जन्मन हतार छ कतै
कतै मर्न हतार छ ।यो हतारहरुको बिचमा
आशाहरुको सानो पसल थापेको छु
सडक छेउमा !
र समयलाई बोरा जसरी ओछ्याएर बसेको छु ।ग्राहक नभएको खाली पसल छेउमा
चुपचाप बसेर फुर्सदमा
हतारहरुको भागदौड हेरिरहेको छु ।
Facebook Comments Box


