• डा. श्यामप्रसाद न्यौपाने

कौवाहरुका आँखाले देख्दैन
खेतखलिहानमा लहलह झुलिरहेका
सुवर्णमय अन्नबालीहरु
देख्दैनन् धर्ती सजाउने रङ्गीबिरङ्गी फूल
अनि तिनका मालीहरु
जिन्दगी हेर्दैनन्
मायाले बेर्दैनन्
उनीहरुको अर्जुनदृष्टि
केवल खासमा हुन्छ
दुर्गन्धित लासमा हुन्छ ।

कौवाहरु
जस्तो कि –
तिनका पेटमा तिखा भाला हुन्छन्
आवरणजस्तो भए पनि
मनका काला हुन्छन्
सुकेको होस् वा हरियो
थाप्लो होस् वा बरियो
उच्च स्थानमा दुर्गन्धित पाइला टक्क टेकेर
काँऽऽ काँऽऽ कराए भयो
कौवाहरुले
जतिसक्दो बेथिति गराए भयो ।

Facebook Comments Box

Similar Posts