विमल भौकाजी

सिउरिन भनी
तिमीलाई दिएको सफेद इन्द्रकमल
कता फ्याँक्यौ हँ तिमीले ?

ओइलियो भन्यौ
बास्ना हरायो भन्यौ
फूलमा रङ नै छैन भन्यौ
भन्यौ, के के भन्यौ भन्यौ
अनेक बहाना बनाएर
फूललाई अफालिदियौ

यतिखेर,
फूल नसिउरिएकी तिमीलाई
म एकटकले हेरिरहेछु
र सोधिरहेछु आफैसँग
जूनजस्तो तिम्रो मुहार
किन
आकर्षक लागिरहेको छैन मलाई, किन ?

साँच्चै,
कति फिक्का हँ तिमी !!

Facebook Comments Box

Similar Posts