बाबुराम पाण्डे
(अर्घाखाँची)
१. दियो उसले आज हेर्नुस् न वचनको उपहार
खोजेको छु मैले पनि त्यही वचनको उपचार ।
२. फलफूलका हाँगाबिँगा भएझैँ फलले टम्म
मानिस आफ्नो मर्यादामा बस्नुपर्छ सकेसम्म ।
३. मानिस आफ्नो उपलब्धिमा हुँदा खुसीले दङ्ग
त्यही खुसीले पार्न सक्छ आफ्नै मन क्रमभङ्ग ।
४. सामान्य कुरालाई मुद्दा बनाई मान्छेले बारम्बार
झगडा गर्दै बाझ्छन् किन होला भुलेर धर्मसंस्कार ?
५. फराकिलो बनाउनुपर्छ हेर्नुहोस् सबैले मित्रताको दायरा
जतिसुकै अहङ्कार देखाए पनि छोड्नै पर्छ एकदिन धरा ।