ईश्वर थोकर

भूपतिन्द्र मल्ल,
प्लिक्सी, न्यातपोल,
क्याफे न्यातपोल,
सेन्ट जोन्स स्कुल,
लायकु, सुकुलढोका, खँचापुखु,
होमवर्क, रेनकोट, पुलिस,
कम्युनिस्ट पार्टीको घोषणापत्र,
आपा, तेलकासा,
टेली–चलचित्र रामायण–महाभारत,
थाङ्का, यमरी, जुजु धौ,
घिन्ताङघिसी, म्याङ्गो चकलेट,
हाकुपटासी, नवदुर्गा सिनेमाघर,
बिस्केट–जात्रा,
ट्रलीबस,
जादुगर,
बेलुन,
इनार,
नेपाल भाषा,
नेमकिपा,
गुरूआमा अमृत्यश्वरी दैवज्ञ,
चलचित्र ‘दुई थोपा आँसु’
र,
‘यो दुई थोपा आँसु
मैले मेरै लागि साँचेको
भोलि रूनलाई
कसैको म आँसु होला कि नहोला ।’
… यी सबैसबै सम्झिरहेछु– यतिबेला !

तिमीलाई पनि
सम्झिदिएको छु है
प्रिय

Facebook Comments Box

Similar Posts