साजन घिमिरे

किन भाग्छौ आफ्नु जन्मस्थललाई छोडेर
किन जान्छौ आफन्तहरुसँग नाता तोडेर
येही मणिपुर त हो जहाँ आनन्दसँग सास फेर्न पाइन्छ
येही त यस्तो ठाउँ हो
जहाँ सुख र समृद्धिमा जीवन बिताइन्छ ।

कसरी भुल्न सकेका मान्छेहरुले यो ठाउँको बसोबासो
कसरी घुलमिलनसकेका बिर्सेर यहाँको हाँसो
येही मणिपुर त हो जहाँ भेलपैह्रोको डर हुँदैन
येही त यस्तो ठाउँ हो
जहाँ आँधी तुफान आदिले छुँदैन ।

कस्तो कठोर मन आफ्नु बाल्यकालका सपनाहरुलाई तोड्ने
कति निर्दयी त्यो मान्छे
जसले आफ्ना पुर्खाहरुले किनेका जमिनलाई छोड्ने
येही मणिपुर त हो
जहाँ निरञ्जन सिंहजस्ता वीर योद्धा सहिद भये
येही त यस्तो ठाउँ हो
जहाँ लाखौँ सहिदको खुन र पसिना माटोमा गए ।

किन बिर्सेका त्यो चिसो हावा आउने साँझ
किन परदेशतर्फ जान्छन् लुकी लुकी आज
येही मणिपुर त हो
जहाँबाट तिमीले पैसा चिनेऊ
येही त येस्तो ठाउँ हो
जहाँ बाल्यकालदेखि तिमी हिँडेऊ ।

केको कमी थियो र यो सुन्दर ठाउँलाई छोडेऊ
केको डर थियो र साथी, आफन्त र आफ्नु परिवारसँग नाता तोडेऊ
येही मणिपुर त हो
जसको सुन्दर्ता हेर्न विदेशीहरु आउँछन्
येही त येस्तो ठाउँ हो
जहाँ चराचुरूङीहरुले मिठो गीत गाउँछन् ।

Facebook Comments Box

Similar Posts