– होम सुवेदी
१. टुप्पोतिर हेरियोस् अहङ्कारीको उदाहरण बाँसबाट हुन्छ
जीवनको निर्बाह त मिठो मसिनो एकै गाँसबाट हुन्छ
न्याय अन्याय ता झोलेहरुबाट कता हुनु
दूध र पानी छुट्याउने काम ता बरू पानीहाँसबाट हुन्छ ।।
२. निर्माणकर्ताका अघि विनाशकर्ता भव्य भएपछि
समाजमा उसैको पूजा र उसैको मन्तव्य भएपछि
यो स्वार्थी दुनियाँमा पवित्रता नै के रह्यो र
मन मुटु र मस्तिष्कभरि पापक्षेत्रको गन्तव्य भएपछि ।।
३. जीवननिर्बाहका लागि एक मानो जुटाउने काम छ
ईश्वरआराधनाका लागि मेरै झुपडीभित्र राम छ
सुखसुविधाका लागि भौँतारिनेहरुलाई मेरो केही भन्नु छैन
जे छ मेरा लागि त यही नै धुमधाम छ ।।
४. ईश्वर खोजीमा ठुला ठुला मन्दिरतिर पनि धाइएन
ईश्वरका नाममा झूटो कसम पनि खाइएन
माटो ढुङ्गोमा पनि ईश्वर हुन्छ भन्छन्
तर आफूले त मनमा बाहेक कतै पनि ईश्वर पाइएन ।।
Facebook Comments Box

Similar Posts