पञ्चम अधिकारी
(बेल्जियम)
सत्ता–सिन्डिकेटको साङ्लो र भ्रष्टाचारको आहाल
जेन–जीको आवाज, सुनामीको जस्तो छाल ।
जनता बेच्ने त्यो सरकार र किशोर मार्ने सत्ता
बाघको जस्तो यो हुङ्कार र जेन–जीको रक्तिम जुत्ता !
चौबाटोमा उभिएका पथिक हामी, गन्तव्य अब कता ?
हामी लडाकु त भयौँ तर व्यवस्थापक हुन सकेनौँ
हामी सबै नेता भयौँ तर हामीले राजनेता पाउन सकेनौँ
एक युगमा एक दिन आउँछ, जनआन्दोलनले जननेता जन्माउँछ,
म त्यही खोज्दै छु, जेन–जीको रक्तिम जुत्ता !


