सागर फुयाल
बर्लिन, जर्मनी।
फूल्नुपर्छ हर आँगनमा
सयपत्री उमंगको
झुल्नुपर्छ फाँट फाँटमा
धानको बाला पौरखको
त्यसैले त
शरदीय हुनुपर्छ दशैं हाम्रो ।
संग्लिएको खोलाजस्तै
हुनुपर्छ मन संग्लो
मेटिएका बादलजस्तै
मेटिनुपर्छ बिग्रह घरको
त्यसैले त
शरदीय हुनुपर्छ दशैं हाम्रो ।
चियाउनुपर्छ बादलबिचै
अब घाम विश्वासको
खुल्नुपर्छ आकासजस्तै
समेटी आधार जन जनको
त्यसैले त
शरदीय हनुपर्छ दशैं हाम्रो ॥
Facebook Comments Box